काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन ३९ दशमलव ९२ अंकले बढेको नेप्से आज सोमबार ५० दशमलव ४४ अंकले बढेर २६ सय ५० दशमलव ६६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८४ अंकले बढेर चार सय ५६ दशमलव १३ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको ७९ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ४२ लाख चार हजार तीन सय ६२ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब तीन करोड ५४ लाख ८० हजार एक सय ३६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव ९५ अंकले बढेर १३ सय ६४ दशमलव ११ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २७ दशमलव २८ अंकले बढेर ३४ सय १८ दशमलव ८८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय ४४ दशमलव ९९ अंकले बढेर १३ हजार छ सय ९९ दशमलव ९२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय २१ दशमलव १४ अंकले बढेर ११ हजार ५७ दशमलव ५४ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज झापा इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा माबिलुङ इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।