शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली, ३९ अंकले बढ्दा छ अर्ब २८ करोडको शेयर किनबेच

आइतबार, मंसिर ७ २०८२

काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो दिन आईतबार नेप्से ३९ दशमलव ९२ अंकले बढेर २६ सय दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले बढेर चार सय ४८ दशमलव २९ अंकमा चढेको छ । तीन सय ३४ वटा कम्पनीहरुको ७६ हजार २८ पटकको कारोबारमा एक करोड ३३ लाख ८१ हजार नौं सय २६ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम छ अर्ब २८ करोड ६७ लाख ३३ हजार नौं सय १६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव १४ अंकले बढेर १३ सय ४५ दशमलव १५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ५६ अंकले बढेर तीन हजार तीन सय ९१ दशमलव ५९ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय २५ दशमलव ५४ अंकले बढेर १३ हजार ५४ दशमलव ९३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव ७० अंकले बढेर १० हजार सात सय ३६ दशमलव ३९ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिलरी प्रालीले सबैभन्दा बढी कमाउँदा पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।