बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेम सामान्य अंकले गिरावट,छ वटा समुहले कमाँउदा सात वटाले गुमाए

बिहिबार, मंसिर ४ २०८२

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन चार दशमलव ९८ अंकले घटेको नेप्से आज बिहिबार पनि शुन्य दशमलव ९३ अंकले घटेर २५ सय ६० दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले घटेर चार सय ४० दशमलव ६५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ६६ हजार ७९ पटकको कारोबारमा एक करोड चार लाख ४९ हजार दुई सय ९६ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम चार अर्ब ६८ करोड ८८ लाख ६८ हजार दुई सय ९९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहहरुको सुचक घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ६३ अंकले घटेर १३ सय २६ दशमलव ७६ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि चार दशमलव ७८ अंकले घटेर ५३ सय १८ दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि आठ आठ दशमलव ४५ अंकले घटेर १२ हजार सात सय ३९ दशमलव १९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव २७ अंकले घटेर १० हजार पाँच सय २४ दशमलव १५ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने तीन दशमलव ११ अंकले बढेर तीन हजार तीन सय ४६ दशमलव ८२ अंकमा पुग्दा होटल तथा पर्यटन्, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा बुंगाल हाईड्रो इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । साहास ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।