शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मनाङ्ग सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य शिविर

बिहिबार, मंसिर ४ २०८२

काठमाडौं । मनाङ्ग जिल्लाको ङिस्याङ गाउँपालिकास्थित हुम्डे मनाङ्गको स्वास्थ्य चौकीमा मंसिर ३ गते एक दिने स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा संचालन गरिएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका चिकित्सकहरुद्धारा करीब ५६ जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँच गरिएको थियो।

साथै अस्पतालका चिकित्सकहरुले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरको डिजिज स्क्रिनिङ प्रोग्राम समेत संचालन गरेको थियो।