मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

आइतबार, कार्तिक १ २०८३

काठमाडौं । दसैँ बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार अब यो कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ । यसअघि कार्यक्रम कात्तिक २ र ३ गते गर्ने तालिका थियो ।

अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

विभागले निर्धारित मितिमा नजिकैको स्वास्थ्य केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।