शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चार दशमलव ९८ अंकले घट्यो नेप्से, चार वटा समुहले कमाउँदा नौं वटाले गुमाए

बुधबार, मंसिर ३ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १५ दशमलव ७० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार चार दशमलव ९८ अंकले घटेर २५ सय ६१ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले घटेर चार सय ४२ दशमलव २६ अंकमा पुगेको छ । तीन सय ३८ वटा कम्पनीहरुको ५० हजार छ सय २६ पटकको कारोबारमा ८३ लाख ८८ हजार तीन सय ७३ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार सात सय ७१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ७५ दशमलव ५९ अंकले बढेर छ हजार पाँच सय ५९ दशमलव ७२ अंकमा पुगेको छ भने उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव १६ अंकले घटेर १३ सय ३१ दशमलव २० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव ७५ अंकले घटेर ३३ सय ४३ दशमलव ७१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ८८ अंकले घटेर १२ हजार सात सय ४७ दशमलव ६५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ३२ अंकले घटेर १० हजार पाँच सय ५९ दशमलव ४२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज माबिलुङ इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।