सिरहा । सिरहामा डाँका समूहले गरेकाे गोली प्रहारबाट बुबाछोरा गम्भीर घाइते भएका छन्। कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिलकुमार महतोलाई छातीमा गोली लागेको प्रहरीले जनाएको छ।
सिरहा प्रहरीले डीएसपी रमेशबहादुर पालका अनुसार मध्यराति घरमा पसेको डाँका समूहले लुटपाटको प्रयास गर्दा प्रतिकार गर्न खोजेपछि गोली हानेका हुन्। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि विराटनगर पठाइएको छ।
घटनामा संलग्न डाँका समूहको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।