शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पाँच अंकले घट्यो नेप्से

तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से पाँच दशमलव १५ अंकले घटेर २५ सय ४० दशमलव ५७ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले घटेर चार सय ३९ दशमलव ४४ अंकमा झरेको छ । तीन सय ३७ पटकको कारोबारमा ४७ हजार एक सय ७६ पटकको कारोबारमा ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार सात सय ९३ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ११ दशमलव ९७ अंकले बढेर छ हजार तीन सय ३३ दशमलव ६७ अंकमा पुगेको छ भने उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ११ अंकले घटेर १३ सय २७ दशमलव ४० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव २१ अंकले घटेर ३२ सय ८८ दशमलव ४६ अंंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ३९ अंकले घटेर १२ हजार छ सय ७३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ११ अंकले घटेर १० हजार पाँच सय ४१ दशमलव ६० अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिलरी प्रालीले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिद्धार्थ बैंंकको ऋणपत्रको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।