शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्ने भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन्।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक रथी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, र मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतको सहभागिता रहनेछ।