काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआइजी पदका लागि कार्कीको नाम सिफारिस गरेको हो।
तत्कालीन एआइजी दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आइजीपी)मा बढुवा भएपछि खाली भएको पदमा ईश्वर कार्कीलाई एआइजीमा सिफारिस गरिएको हो।