शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाइने

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आजबाट सेवानिवृत्त भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगको स्वीकृति बिना खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नदिने गरी सम्बन्धित निकायमा पत्राचार गरिने पनि निर्णय भएको छ।

सेवाबाट निवृत्त भइसकेका खापुङलाई भदौ २३ र २४ गतेका घटनाको छानबिन र जाँचबुझका लागि आयोगमा कुनै पनि समयमा उपस्थित हुनुपर्ने भएको कारण, आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइएको छ।