बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘परान’ चलचित्र हेरेर ईसेवा परिवार भावुक बनेपछि…!

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । नेपाली चलचित्र ‘परान’ रिलिज भएको दुई साता नाघिसक्दा पनि दर्शकको उत्साह भने कायमै छ । यस्ता फिल्महरू बिरलै बन्ने गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । अहिले पनि देशभरका हलहरूमा दर्शकको भिड सहजै देख्न सकिन्छ।

सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही माहोलका बीच ईसेवा परिवारले पनि ‘परान’ हेरेको छ । ईसेवाले आफ्ना कर्मचारी र उनीहरूको परिवारका लागि सोमबार साँझ पुल्चोकस्थित लबिम मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी सामूहिक रूपमा चलचित्र हेर्ने अवसर जुराएको हो।

‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ।

चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो।

यस्तै पारिवारिक र सन्देशमूलक फिल्महरूले समाजलाई सही मार्गमा डो¥याउने भन्दै ईसेवा परिवारले ‘परान’ चलचित्रको खुलेर प्रशंसा गरेको छ । सम्पूर्ण टिम नै एकसाथ फिल्म हेर्दा कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जाको अनुभूति भएको ईसेवाले जनाएको छ।