बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से राताम्मै, ३० अंंकले घट्दा झण्डै पाँच अर्बको कारोबार

आइतबार, कार्तिक २३ २०८२

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३० दशमलव शुन्य दुई अंकले घटेर २५ सय ६६ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले घटेर चार सय ४५ दशमलव ६२ अंकमा पुगेको छ । आज तीन सय २३ वटा कम्पनीहरुको ४७ हजार दुई सय ६८ पटकको कारोबारमा एक करोड छ लाख १९ हजार एक सय ८० कित्ता शेयर खरिद किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ९० करोड ७६ लाख २४ हजार तीन सय २८ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ७२ अंकले घटेर १३ सय ४६ दशमलव शुन्य चार अंकमा पुगेको छ भनचे जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ४० अंकले घटेर ३२ सय ८४ दशमलव ५७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७४ दशमलव ९५ अंकले घटेर १२ हजार आठ सय दुई दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४६ दशमलव ३६ अंकले घटेर १० हजार छ सय ६९ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज दरमखोला हाईड्रो इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।