शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज भेटवार्ता भएको छ।

हात्तीवनस्थित दाहालको निवासमा भएको भेटमा दुवै नेताबीच मुलुकको समसामयिक राजनीतिक स्थिति, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेश तथा कम्युनिष्ट एकताको सम्भावनाबारे विस्तृत छलफल भएको बताइएको छ।

भेटवार्ताको जानकारी खनालका प्रेस संयोजक कृष्ण भट्टराईले दिँदै दुवै नेताबीच निकट भविष्यमा थप परामर्श र संवाद जारी राख्ने सहमति पनि भएको जनाएका छन्।