शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि रास्वपाको विस्तारित बैठक

शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदैछ । बैठकले पार्टीको आगामी राजनीतिक दिशा र रणनीति तय गर्ने बताइएको छ ।

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा केन्द्र, प्रदेश र ७७ वटै जिल्लाबाट गरी पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । उनका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ ।

ढकालले बैठकको व्यवस्थापनमा आफू संलग्न रहेको बताउँदै सफलतापूर्वक सम्पन्न गर्न सबै प्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो । बैठकमा प्रदेश सभापतिहरूले आफ्नो प्रदेशभित्रका जिल्लास्तरीय सङ्गठनहरूको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेको पार्टीले जनाएको छ ।