काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १२ दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ११ दशमलव २९ अंकले घटेर २५ सय ९६ दशमलव १२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य आठ अंकले घटेर चार सय ५१ दशमलव ५२ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ५० हजार चार सय ३७ पटकको कारोबारमा एक करोड आठ लाख ६८ हजार एक सय ४६ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४१ करोड ६९ लाख ३९ हजार तीन सय ५७ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक घटेको छ। आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९२ अंकले घटेर १३ सय ६३ दशमलव ७६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २२ दशमलव ९२ अंकले घटेर ३३ सय २३ दशमलव ९७ अंकमा पुगेको छ। जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव २३ अंकले घटेर १२ हजार नौं सय ७७ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ९५ अंकले घटेर १० हजार आठ सय १६ दशमलव ३३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज दरमखोला हाईड्रो इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सम्पदा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।