बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रिय खेलीडीले मेडल झुन्ड्याएर गरे एन्फाको विरोध

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को मुख्य गेटमा मेडल झुन्ड्याएर विरोध जनाएका छन् ।

करिब ३ वर्षसम्म शहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य लिग हुन नसकेपछि नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै विरोधमा उत्रिएका खेलाडीहरुले सातदोबाटोस्थित एन्फा० कम्प्लेक्सको गेटमा मेडल झुण्ड्याएका हुन् ।

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले आफूहरुले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइ दिएका हुन् । एन्फा कम्प्लेक्समा धर्ना दिएका उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् ।

एन्फा र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरुको भनाइ छ ।