बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

डा. भट्टराईद्वारा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि दलसँग छलफल, डिपीदेखि जनार्दनसम्म

बिहिबार, कार्तिक २० २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न राजनीतिक समूहका नेतासँग छलफल गरेका छन् ।

छलफलको मुख्य विषय जेनजी प्रदर्शनपछिको राजनीतिक परिस्थितिलाई मूल्याङ्कन गर्दै समग्र राजनीतिक पुनःगठन र वैकल्पिक राजनीतिक ध्रुवीकरणमार्फत भरपर्दो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु रहेको बताइएको छ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका आयोजक समितिका संयोजक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, पुर्वमन्त्री सुमना श्रेष्ठ साथै उज्यालो नेपाल अभियानका प्रतिनिधिहरू सहभागी भएका छन्।

जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि पूर्व प्रधानमन्त्री डा भट्टराईले मध्यस्थता गरेको बताइएको छ ।