काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुनमा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरेका छन्।
उनी नयाँ राजनीतिक पार्टी खोल्ने योजना पनि नराख्ने भएका छन्।
बालेन शाहले जेन–जी आन्दोलनपछि सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा चलिरहे पनि, महानगरको मेयरको रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय लिएका हुन्।
उनले संविधानको दायराभित्र रहेर जेन–जी एजेन्डा बोकेका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।