शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जगाती प्रहरी चौकीमा आगजनी गर्ने आठ जनाले गरे आत्मसमर्पण

मंगलबार, कार्तिक १८ २०८२

भक्तपुर । भक्तपुरको जगाती प्रहरी चौकीमा जेनजी आन्दोलनका क्रममा आगजनी गर्ने आठ जना अभियुक्तहरूले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमा काभ्रेको भुम्लु–३ का रामशरण परियार (३४), बनेपा–४ का रुपक परियार (३२), सर्लाही लाबन्दी–६ का होमबहादुर खत्री (२६), काभ्रे नमोबुद्ध–१ का अमृत सुनुवार (२२), महोत्तरी सोनाम–८ का प्रालदकुमार ठाकुर (१८), भक्तपुर–८ का राजन माक (२३), सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने सरोज बम्जन (१६) र काभ्रे नमोबुद्ध–६ का विकास तामाङ (२२) रहेका छन्।

प्रहरीले उनीहरू सबैले आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजनी गरेको आरोप स्वीकार गर्दै स्वेच्छिक रूपमा आत्मसमर्पण गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।