शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादीको सचिवालय बैठकमा जनार्दन शर्मा अनुपस्थित

कार्तिक २० गते एकतामा आउने दलहरूसँग संयुक्त बैठक गर्ने निर्णय

आइतबार, कार्तिक १६ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेता जनार्दन शर्मा अनुपस्थित रहेका छन्।

शनिबार भएको बैठकमा उनले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेश गरेका थिए।

बैठकको क्रममा उनले एकताको भारी आफूले बोक्न नसक्ने भन्दै बीचमै बाहिरिने निर्णय गरेका थिए। यसप्रति पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका थिए। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, शर्मा आइतबारको बैठकमा उपस्थित भएनन्।

माओवादी केन्द्रले हिजोको बैठकको निरन्तरता स्वरूप आइतबार बिहान ८ बजे पनि बैठक बोलाएको थियो।

आईतवार पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले एकीकृत समाजवादी लगायत एकतामा सहभागी हुने दलसँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ।

बैठकले आगामी १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने र २० गते एकतामा आउने दलहरूसँग संयुक्त बैठक गर्ने निर्णय पनि गरेको  नेता सापकोटाले जानकारी दिए ।

पार्टी प्रवक्ता सापकोटाका अनुसार, बैठकले शर्मालाई पार्टी भित्रको अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष समेत निकालेको छ।