शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै, एकता निर्णय मुख्य एजेन्डा

शनिबार, कार्तिक १५ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज दिउँसो ३ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादीलगायत वामपन्थी दलहरूसँग पार्टी एकताबारे निर्णय लिन बैठक आह्वान गरेको हो । बैठकमा दलहरूबीचको एकता प्रक्रिया, पदको व्यवस्थापन र संगठनात्मक समायोजनका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि माओवादीले आजको सचिवालय बैठक बोलाएको हो ।

बैठकले एकता प्रक्रियालाई औपचारिक रुप दिने र आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।