बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कप्तान रोहितको शतकीय पारीमा नेपालद्धारा युएईसामु २३४ रनको लक्ष्य

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरूद्ध शतक प्रहार गरेका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्धको खेलमा रोहितले  बिहीबार शतक पूरा गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो एकदिवसीय शतक हो।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकीय पारी युएईलाई २३४ रनको लक्ष्य दिएको छ । नेपालले अलआउट हुदै २३४ रनको लक्ष्य दिएको हो ।

नेपालका लागी ओपनर कुशल भुर्तेल ७ रन, आसिफ शेखले ३५ रन जोडेका थिए । त्यस्तै भीम सार्कीले ३ रन, रोहितले १३० बलमा १०९ रन बनाए। आरिफ शेखले २७ रन, दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे। हिट विकेट भएका सोमपालले ६ रन बनाए। अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए।

बलिङमा युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।