काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रारम्भिक सम्बोधन दिने तय भएको छ।
बैठकमा प्रमुख एजेन्डाका रूपमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको औपचारिक निर्णय लिने तयारी गरिएको छ।
अध्यक्ष नेपालसहित संस्थापन पक्षका नेताहरू एकता प्रक्रियालाई अघि बढाउने पक्षमा छन् भने, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल नेतृत्वको समूह भने त्यसको विपक्षमा उभिने तयारीमा रहेको बताइएको छ।
नेता खनालले माओवादी केन्द्रसँग एकताको औचित्य नदेखिएको धारणा राख्दै आउनुभएको छ।
बैठकमा ‘जेन–जी’ आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर विश्लेषण गरी आगामी राजनीतिक रणनीति र पार्टीको भूमिकाबारे महत्वपूर्ण निर्णय लिइने एकीकृत समाजवादीले जनाएको छ।