शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अध्यक्ष ओलीद्वारा वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र प्रस्तुत

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन्।

मंगलबार एमाले निकट मानवअधिकार संस्था ‘नेपाल मानव अधिकार अलायन्स’का प्रतिनिधिहरूसँगको भेटमा ओलीले मार्गचित्र प्रस्तुत गरेको जानकारी एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दिएका छन्।

रिजालका अनुसार ओलीले मार्गचित्रको मुख्य आधार प्रतिनिधिसभा पुनःस्थापनामा रहेको र त्यसपछि आफूले नेतृत्व दाबी नगर्ने तथा जेन–जी सहित सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका थिए।

६ बुँदे मार्गचित्र यस प्रकार छन्:

  • असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना।
  • प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद सदस्य नभएको व्यक्तिलाई पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था।
  • जेन–जी आन्दोलनका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्री दाबी नगर्ने स्पष्ट।
  • जेन–जीसहित सबै दलको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन।
  • उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने, जसअनुसार फागुन २१ का लागि घोषणा गरिएको मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्भव।
  • संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउन सभी राजनीतिक दलबीच अग्रिम सहमति निर्माण।