काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित सडकमा प्रदेश नम्बर ३–०१–००५ ख ९९८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री इनरूवा नगरपालिका–८ बस्ने २२ वर्षीय सराज मनसुरीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढिगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सडकमा मधेश प्र.०२–००८ प ४३७८ नम्बरको मोटरसाइकललाई मधेश प्र.०२–००८ प ५६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मधेश प्र.०२–००८ प ४३७८ नम्बरको मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–२० रूपैठा बस्ने ६० वर्षीया कोशिला देवी मुखियाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै गए राति मृत्यु भएको हो । मधेश प्र.०२–००८ प ५६६९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ घोडपालीस्थित सडकमा यूपी ५६ एटी ५६६६ नम्बरको लहरीको ठक्करबाट सोही ठाउँस्थित माइतीघर बस्ने रूपन्देही घर भएकी उषा चौधरीकी छोरी ४ वर्षीया अनुष्का चौधरीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले लहरी चालकलाई नियन्त्रणमा लिएको छ ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका–६ शान्ति बजारस्थित सडकमा लु.प्र ०२–००१ त ००२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ स्यालखोला बस्ने ३० वर्षीय कृष्ण विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।