बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खगेन्द्र सुनारमाथि कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी

सोमबार, कार्तिक १० २०८२

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारमाथि प्रहरीले कानुनबमोजिम कारबाही अघि बढाउने तयारी गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा उनलाई साउन २ गते दोषी ठहर गर्दै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । सोही आदेशका आधारमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

यस्तै, सुर्खेत जिल्ला अदालतले समेत २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । साथै, जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले अदालतले जारी गरेका पक्राउ पुर्जी कार्यान्वयन गर्नु प्रहरीको नियमित जिम्मेवारी भएको बताउँदै भने, “मान्छे जोसुकै होस्, अदालतले आदेश दिएको छ भने हामी कानुनबमोजिम कारबाही गर्छौं । सुनारविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता भएकाले कानुनी प्रक्रिया अघि बढाइनेछ ।”