शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पार्टी एकताबारे अझै टुङ्गो लागि नसकेको स्पष्टोक्ति

शनिबार, कार्तिक ८ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको जनाएको छ। विभिन्न वामपन्थी दल र समूहसँग व्यापक छलफल भए पनि एकतासम्बन्धी टुङ्गो अझै नलागेको माओवादी केन्द्रले स्पष्ट पारेको हो।

पार्टी संयाेजन ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इतिहासको आवश्यकतालाई ध्यानमा राख्दै अहिले विभिन्न पक्षसँग एकता र सहकार्यका विषयमा सघन छलफल भइरहेको छ, तर अहिलेसम्म कुनै पनि दलसँग एकताको अन्तिम निर्णय भएको छैन। त्यसैले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भइरहेका प्रचारहरू निराधार छन्।”

सचिवालयका अनुसार, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू, साथै अन्य वामपन्थी र प्रगतिशील समूहहरूसँग वैचारिक तथा साङ्गठनिक स्तरमा गहन छलफल जारी छ।

विज्ञप्तिमा थप भनिएको छ, “कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा टुङ्गो नलागेपनि, नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूको संरक्षण र बाँकी कार्यभार पूरा गर्न वाम एकता अपरिहार्य रहेको माओवादी केन्द्रको ठहर छ।”