काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आयोजना गर्न निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान लक्ष्मीपूजाको साँझ झकिझकाउ देखिएकाे थियाे ।
मैदानमा जडान गरिएका चारवटा हाई मास्ट पोलबाट बत्ती बालिएपछि समग्र मैदान मनमोहक बनेको हो। काठमाडौं सहर स्वयं लक्ष्मीपूजाको बत्तीले झिलिमिली देखिँदा त्रिवि मैदानको दृश्य अझ आकर्षक बनेको थियाे ।
करिब १२ हजार दर्शक अट्ने गरी निर्माण भइरहेको प्याराफिटले मैदानको भव्यता थपिएको छ। रात्रिकालीन खेलका तयारीस्वरूप हाल चारवटा हाई मास्ट पोल जडान कार्य सम्पन्न भइसकेको छ।