बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिवि कीर्तिपुर मैदानमा फ्लड लाइट टावर ठड्याउने काम सकियाे

सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याउने काम पूरा गरिएको छ।

निर्माण व्यवसायी कम्पनीका अनुसार आइतबार मात्र दुईवटा पोल थप स्थापना गरेपछि सबै ६ वटै फ्लड लाइट टावर ठड्याउने काम सम्पन्न भएको हो।

फ्लड लाइट टावर निर्माण सम्पन्नसँगै कीर्तिपुर मैदानलाई रात्री खेलका लागि तयारी अवस्थामा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। क्रिकेट संघका अधिकारीहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मैदानको स्तरोन्नति तीव्र गतिमा भइरहेको बताएका छन्।