मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

दोहोरो अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

आइतबार, कार्तिक २ २०८२

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १६ दशमलव ६७ अंकले बढेर २५ सय तीन दशमलव ८५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले बढेर चार सय ३७ दशमलव ६० अंकमा चढेको छ । तीन सय २३ वटा कम्पनीहरुको २८ हजार सात सय ३७ पटकको कारोबारमा ६१ लाख ९९ हजार नौं सय २९ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार नौं सय नौं रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक ३६ दशमलव १२ अंकले घटेर १० हजार चार सय ४८ दशमलव ६६ अंकमा झरेको छ भने बिकास बैक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने ११ दशमलव ६४ अंकले बढेर १३ सय ४९ दशमलव ३६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २२ दशमलव शुन्य तीन अंकले बढेर ३१ सय ६९ दशमलव ७८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ६३ अंकले बढेर १२ हजार एक सय छ दशमलव ९३ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा हिमालयन ८०–२० ले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।