काठमाडौं । काठमाडौं ।नेताहरूको धारणा राख्ने क्रम नसकिएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शनिवार पनि बस्ने भएको छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
शुक्रवार बसेको बैठकमा एजेन्डामाथि नेताहरूले लामो रूपमा विचार राखेका कारण बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार केन्द्रीय सदस्यहरूले विभिन्न १० वटा एजेन्डामाथि आफ्नो धारणा राख्दै छन्।