काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल घोषणा गर्ने भएका छन् ।
शनिबार दिउँसो १ बजे काठमाडौंको होटल एभरेस्टमा पत्रकार सम्मेलन गरी नयाँ दलको घोषणा गरिने ढुंगानाले बताए ।
टिकटकमार्फत सार्वजनिक भिडियो सन्देशमा ढुंगानाले अहिलेको राजनीतिक परिस्थितिले नयाँ दल खोल्नै पर्ने अवस्था आएको बताए । उनका अनुसार दल गठनका लागि वार्ता समिति गठन भई तयारी सुरु भइसकेको छ।\