शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

शुक्रबार, असोज ३१ २०८२

काठमाडौँ, ३१ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्दैछ।

बैठकमा केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम निरन्तर जारी रहनेछ।
हिजो बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा छलफल भएको थियो।

त्यस क्रममा खड्काले पछिल्लो राजनीतिक घटनाक्रम र सरकार गठनसम्बन्धी विषयमा जानकारी गराएका थिए।
त्यस्तै, महामन्त्री गगनकुमार थापाले पार्टीको नीतिगत तथा संगठनात्मक विषयमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए।

आजको बैठकमा ती प्रस्तावहरूमाथि छलफल जारी रहने अपेक्षा गरिएको छ।