शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै

बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । मंगलबारदेखि सुरु भएको बैठक आज पुनः निरन्तरताका साथ बस्न लागेको हो ।

बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठकले आजको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि आजको बैठकको अध्यक्षता खड्काले गर्ने छन् ।

यसअघि, बुधबार मात्रै नेता गुरुराज घिमिरेसहितका केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका थिए । त्यसैले आजको बैठकमा विशेष महाधिवेशनको माग पनि मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।