काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन ४४ दशमलव २५ अंकले बढेको नेप्से आज मंगलबार १९ दशमलव ४३ अंकले घटेर २५ सय २८ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स चार दशमलव ६० अंकले घटेर चार सय ३९ दशमलव ९४ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ३८ हजार आठ सय २७ पटकको कारोबारमा ७४ लाख ८८ हजार दुई सय ७३ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार दुई सय ६२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेको छ । आज व्यापार समुहको सुचक ५५ दशमलव ५७ अंकले बढेर ३७ सय ८६ दशमलव ६७ अंकमा पुग्दा अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने ११ दशमलव २० अंकले घटेर १३ सय ४४ दशमलव ७१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव ३१ अंकले घटेर ३२ सय १८ दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ४३ अंकले घटेर १२ हजार दुई सय ६० दशमलव ३४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १८ दशमलव ४६ अंकले घटेर १० हजार छ सय १० दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज शुभम पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।