बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हमासद्धारा २० जीवित बन्दक रेडक्रसलाई हस्तान्तरण

सोमबार, असोज २७ २०८२

काठमाडौं । हमासले २० जीवित बन्दक अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । इजरायल र हमासबिचको युद्धविराम सम्झौताअनुसार हमासले गाजामा हरेका बन्दकलाई रेडक्रममार्फत इजरायलाई सेनालाई हन्तान्तरण गरेको हो ।

दुईबर्ष लामो युद्धपछि हमास र इजरायलबिच युद्धविराम गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार हमासले २० जना बन्धक रिहासँगै इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नुपर्नेछ ।

मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गरिने हमासले जनाएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका गरेसँगै युद्ध सुरु भएको थियो ।