बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी–२० विश्वकप छनोट : नेपालले आज राति कतारविरुद्ध निर्णायक खेल खेल्दै

सोमबार, असोज २७ २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज राति कतारविरुद्ध महत्वपूर्ण खेल खेल्दैछ।

समूह ‘बी’को विजेता बनेको नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अब अंकविहीन कतारमाथि जित निकाल्दै नेपालले सन् २०२६ को टी–२० विश्वकपमा स्थान पक्का गर्ने लक्ष्य लिएको छ।

नेपाल र कतारबीचको खेल आज राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ। नेपालले त्यसपछि बुधबार ओमान र शुक्रबार (असोज ३१ गते) सामाओसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।

सुपर सिक्समा नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ सहभागी छन्। यीमध्ये शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुने विश्वकपका लागि छनोट हुनेछन्।

हालको अंकतालिकामा ओमान र नेपाल समान चार–चार अंकसहित शीर्ष स्थानमा छन्। तर रनरेटका आधारमा ओमान पहिलो र नेपाल दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी यूएई र जापान दुई–दुई अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै अंकविहीन छन्।