काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको डेरा गुण्डुमा सुरू भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापन, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिती र आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिनेछ ।
आजको बैठकमा अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग सम्पन्न भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र आगामी निर्वाचनको सम्भावनाबारे पनि जानकारी गराउने तयारी रहेको छ ।