शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा सुरु

सोमबार, असोज २० २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकमा पछिल्ला राजनीतिक र समसामयिक घटनाक्रम, साथै हालको मनसुनजन्य विपद् र त्यसमा सरकारको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको बताइएको छ।

पार्टी स्रोतका अनुसार, देशभर बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको बेला बैठकले विपद् प्रतिकार्यमा सरकार र पार्टीको समन्वयात्मक भूमिका कस्तो हुने भन्नेबारे पनि निर्णय गर्ने तयारी गरेको छ।

बैठकपछि पार्टीले औपचारिक निष्कर्षसहित विज्ञप्ति जारी गर्ने सम्भावना रहेको जनाएको छ।