शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडा दर तोकियो

शुक्रबार, असोज १७ २०८२

काठमाडौं । चाडपर्वमा यात्रु चाप बढ्ने र भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि नयाँ भाडादर तोकेको छ।

प्राधिकरणका अनुसार काठमाडौं–विराटनगर भाडा ९ हजार ७८५ रुपैयाँ, काठमाडौं–भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं–भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं–जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं–पोखरा ६ हजार ६३५ रुपैयाँ र काठमाडौं–नेपालगन्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ।

त्यसैगरी काठमाडौं–धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं–सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं–राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेत ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङ्टार ७ हजार ६३० रुपैयाँ तोकिएको प्राधिकरणले जनाएको छ।

तोकेको दरभन्दा बढी लिई टिकट बिक्री गर्ने विमान कम्पनी वा एजेन्टमाथि कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले चेतावनीसमेत दिएको छ।