शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ग्राहक एवं शेयरधनी भन्छन् : एनआईसी एशिया बैकलाई थप उचाईमा पुर्याउन राठीलाई प्रमुख कार्यकारी बनाउनुपर्छ

बिहिबार, असोज ९ २०८२

काठमाडौं । वल्ड इज गोल्ड, यो उखान अथवा भनौं मान्यता सबैतिर व्याप्त रहेको छ । यो अवस्थामा नेपाली बैंकिङ क्षेत्रमा त यो मान्यताको अझैं धेरै प्रयोग हुने गरेको छ । त्यही भएर पनि हुन सक्छ । एनएमबी बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपेन्द्र केशरी पौडेलको कार्यकाल सकिएपछि उनी भन्दा एक तह मुनीका कर्मचारी सुनिल के.सी लाई बैंकको व्यवस्थापकीय प्रमुखको जिम्मेवारी सुम्पियो अर्थात प्रमुख कार्यकारी अधिकृत बनायो । एनएमबीले यस अर्थमा आफ्नो बैंकको सवै कुरा बुझेको, अनुभवी, क्षमतावान र सबैलाई मिलाएर लान सक्ने बैंकका पुराना कर्मचारीलाई व्यवस्थापकीय प्रमुखको जिम्मेवारी सुम्पियो । अहिले एनएमबी बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीको व्यवस्थापकीय क्षमताकाकारण थप उचाई लिएको छ । यो त एउटा उदाहरण मात्र हो।

नेपाली बैंकिङ क्षेत्रमा धेरै बैंकहरुले बाहिरबाट प्रमुख कार्यकारी अधिकृत ल्याउनुभन्दा पनि आफ्नै बैंकमा कार्यरता क्षमतावान कर्मचारीहरुलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ । एनआनईसी एशिया बैंकमा पनि अहिले कामु प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनु पर्छ भन्ने मत लगानीकर्ता, बैंकका ग्राहकहरुको बिचमा निकै बलियो भएको छ । लगानीकर्ताको यो मतमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक समेत सहमत रहेको बुझिएको छ । सन्तोष कुमार राठी नेपाली बैंकिङ क्षेत्रमा निकै नैं क्षमतावान र एनआईसी एशिया बैंकको हालको बागडोर सम्हाल्न सक्ने व्यक्ति हुन । यसमा कसैको दुईमत छैंन । उनले आफ्नो जीवन अर्थात भनौं बैंकिङ करियरको निकै लामो समय एनआईसी एशियामा बिताएका छन् । आफ्नो जीवन अर्थात भनौं सिंगो एनआईसी एशियासंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा जोडिएका सबैको भविस्य उजागर गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन सक्ने जोश, जाँगर र क्षमता राठीमा रहेको छ । त्यहीकारण पनि हुन सक्छ, राष्ट्र बैंक समेत राठीलाई एनआईसी एशिया बैंकको व्यवस्थापकीय प्रमुख बनाउन सहमत भएको छ।

यो अवस्थामा एनआईसी एशिया बैंकको सञ्चालक समितीले बैंक पनि साथी, हाम्रो पनि राम्रो पनि भन्ने नाराकासाथ सिंगो नेपाल र नेपालीमाझ जोडिएको यो बैंकलाई थप उचाई र गरिमामा पुर्याउन राठीलाई व्यवस्थापकीय प्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गर्न दिनुपर्छ, लगानीकर्ताहरु भन्छन । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको सबै किसिमको समस्याबाट बैंकलाई मुक्त गराएर अझैं सक्षम, अझै सवल, अझै राम्रो, अझैं हाम्रो बनाउन सक्ने क्षमता राठीमा रहेको छ । राठीमा रहेको यो क्षमता बैंकको वर्तमान सञ्चालक समितीले बुझोस, उनलाई व्यवस्थापकीय प्रमुखको जिम्वेवारी सुम्पिोस, लगानीकर्ताहरु भन्छन्।