काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन २७ दशमलव ८९ अंकले घटेको नेप्से आज बिहिबार दुई दशमलव ३५ अंकले घटेर २६ सय ५२ अंकमा पुगेकोछ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १० अंकले घटेर चार सय ५९ दशमलव २८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार सात सय ४० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब २६ करोड चार लाख ४० हजार छ सय चार रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी नौं वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ७४ अंकले बढेर १३ सय ९६ दशमलव ७५ पुगेको छ भचने लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैक समुहको सुचक भने २५ दशमलव २६ अंकले घटेर ५७ सय १२ दशमलव तीन अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक दशमलव ३८ अंकले घटेर ३४ सय ५२ दशमलव ८३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ४३ अंकले घटेर १२ हजार छ सय ४८ दशमलव २३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ४४ अंकले घटेर ११ हजार एक सय ४५ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिटी होटल लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।