काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको सुरुवातमै होहल्ला भएको छ। बैठक उद्घाटन कार्यक्रममा समाचार संकलनका लागि गएका पत्रकारलाई केही समयमै बाहिर निकालिएको थियो।
सुरुवातमै नेताहरू सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यलाई बैठकमा बोल्ने अवसर दिनुपर्ने माग राखे। तर पार्टी नेतृत्वले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेतामार्फत धारणा प्रस्तुत गर्ने तयारी गरेको थियो। यही व्यवस्थाको विरोध भएपछि बैठक हलमा विवाद चर्किएको हो।
स्थिति बढ्दै गएपछि महासचिव देव गुरुङले पत्रकारलाई हल बाहिर जान आग्रह गरे।
बैठकमा महासचिव गुरुङले विशेष महाधिवेशन, आम निर्वाचन र पार्टी एकता लगायतका विषय एजेन्डा प्रस्तुत गरेका छन्।