शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, असोज ८ २०८२

काठमाडौं  । नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार २७ दशमलव ८९ अंकले घटेर २६ सय ५४ दशमलव ३५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९७ अंकले घटेर चार सय ५९ दशमलव ३८ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ४७ हजार आठ सय ५२ पटकको कारोबारमा ९४ लाख आठ हजार छ सय ६३ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब १२ करोड ४८ लाख २१ हजार आठ सय ६३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव ३६ अंकले घटेर १३ सय ९५ दशमलव शुन्य एक अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ६७ अंकले घटेर तीन हजार चार सय ५४ दशमलव २१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ३१ अंकले घटेर १२ हजार छ सय ५१ दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७२ अंकले घटेर ११ हजार एक सय ८२ दशमलव ७१ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज माथिल्लो मैलुङ खोला जलबिद्युत लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।