शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐनसम्बन्धी अध्यादेश जारी

बुधबार, असोज ८ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐनसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

संविधानको धारा ११४९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको यस अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन  हुने भएको छ।

यससँगै निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा काम अघि बढाउनुपर्ने बाध्यता छ। सोहीअनुसार यो पहिलो अध्यादेश ल्याइएको हो।