बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संविधान दिवसमा च्यासलमा एमालेको विशेष कार्यक्रम, अध्यक्ष ओलीले सम्बोधन गर्ने

शुक्रबार, असोज ३ २०८२

काठमाडौँ । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमलाई लक्षित गर्दै सो क्षेत्र वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । हालैको जेन-जी आन्दोलनपछि देखिएको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कार्यक्रममा सम्बोधन गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ ।

ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट बाहिरिएर भक्तपुरस्थित डेराको घरमा बसाइँ सरेका हुन् ।