शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जनमतका ६ नेताले दिए सामूहिक राजीनामा

बिहिबार, असोज २ २०८२

काठमाडौँ । जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।

उनीहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् ।

अध्यक्षसमक्ष लिखित राजीनामा बुझाउनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् ।

जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटम सहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएकाे रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अंहकारको भाषा बोलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी जनमत छाडेको उनीहरूले घोषणा गरेका छन् ।