शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शोक दिवस मनाउने र मृतक परिवारलाई १ लाख खर्च दिने गृहमन्त्रीको निर्णय

सोमबार, भाद्र ३० २०८२

काठमाडौँ । नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले आज शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हालेका छन्।

पदभार ग्रहणलगत्तै उनले तीन निर्णय सार्वजनिक गरेका हुन्।

जेनजी आन्दोलनमा शोक दिवस मनाउने र मृतक परिवारलाई १ लाख काजकिरिया खर्च दिने गृहमन्त्रीको निर्णय निर्णय गरिएको छ, जसलाई मन्त्रिपरिषद् बैठकमार्फत औपचारिकता दिने तयारी छ।

शोक दिवस मनाउने मिति भने मन्त्रिपरिषद्ले तय गर्नेछ।

यस्तै, मृतकका परिवारलाई काजकिरियाका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय समेत मन्त्री अर्यालले गराएका छन् ।