बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वर्तमान सरकारको औचित्य सकियाे : डा. कोइराला

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । डा. शेखर कोइरालाले सोमबार जेन–जी पुस्ताको आन्दोलनमा गोली चलाउँदा युवा विद्यार्थीहरूको ज्यान गएको घटनाप्रति गहिरो मर्माहत व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।

उनले युवाहरूका अभिभावक र प्रदर्शनमा सहभागीहरूसँग आफू सधैं रहिरहने बताएका छन्। साथै, कोइरालाले सो घटनामा सरकारले गरेको दमन र सामाजिक सञ्जाल बन्दलाई अधिनायकवादको रूपमा मूल्याङ्कन गर्दै कडा निन्दा गरेका छन्।

डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, जेन–जी पुस्ताका माग समयसापेक्ष र जायज छन् र भ्रष्टाचार निर्मुल गर्न सबैले मिलेर विधिसम्मत समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

उनले सरकारले गरेको निर्दयी कार्यले लोकतन्त्र र जनताको विश्वासमाथि ठूलो आघात पु¥याएको उल्लेख गर्दै वर्तमान सरकारको औचित्य समाप्त भएको टिप्पणी पनि गरेका छन्।